२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका मुख्य राजमार्गका होटलहरु गुणस्तरहिन

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ १०:१४
बैतडीका मुख्य राजमार्गका होटलहरु गुणस्तरहिन

 

बैतडी : खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले मुख्य राजमार्गमा रहेका होटलहरुको अनुगन गरेको छ । अनुगमनका क्रममा अधिकांश होटलहरु गुणस्तरहिन रहेको पाइएको छ । दशरथचन्द राजमार्गमा रहेका खोडपे, पाटन, सत्तबाझ, गोठलापानी बजारमा गरिएको अनुगमनमा न्युन गुणस्तर रहेको पाइएको हो ।

२५ वटा होटलहरुमा गरिएको अनुगमनमा २ वटा होटल मात्रै स्तरीय रहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

मुख्यतया सरसफाईमा ध्यान नदिएको पाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रबिण कुमार अधिकारीले जानकारी दिए । ‘अधिकांस होटलहरु न्यून गुणस्तरकै पाइयो, संरचा उपयुक्त देखिएन, दाउराबाट खाना पकाउने, फोहोर व्यवस्थापन छैन, खाना छोपेर नराख्ने, सुद्ध खानेपानीको व्यवस्था नभएको पाइएको छ,’ खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने, ‘हामिले सुधार गर्न भनेका छौँ,’ ।

मुख्य राजमार्गहरुमा यात्रुहरुको चाप बढ्ने र बढी भिडभाड हुने भएकाले सरसफाईमा पटक्कै ख्याल नगर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो । यसरी बजारमा गुणस्तरहीन खानेकुराका कारण मानिसको स्वास्थ्य प्रतक्ष असर पर्ने गरेकाल सरोकारवाला निकायले चासो दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ता सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । बिभिन्न स्थानीय तहमा सचेतनाका कार्यक्रम हुने गरेको कार्यालयले जनाएको छ । बजार अनुगमनको जिम्मा स्थानीयतहको समेत रहेकाले बैतडीमा स्थानीयतहले बजार अनुगमन गर्ने गरेको छैन ।

बैतडीमा रहेको बजार क्षेत्रमा अखाद्य बस्तुको बिक्रिवितरण पनि बढ्दो अवस्थामा रहेको पाइएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १ लाख ८० हजार रुपैया बराबरका अखाद्य बस्तु नष्ट गरिएको छ ।

त्यसगरी म्याद नाघेका अखाद्य बस्तु बिक्रि गर्ने, नियमानुसार व्यावसाय सञ्चालन गरेको लगायतको कसुरमा १ लाख ९० रुपैया जरिवना समेत असुल गरिएको डिभिजन कार्यालयले जनाएको छ । बिभिन्न समयमा जिल्लाका बजार क्षेत्रमा गरिएको अनुगमका क्रममा बढीजसो चाउचाउ, बिस्कुट लगायत तयारी खानेकुरा, पेय पदार्थ र पिठोजन्य खाद्य पद्यार्थ म्याद नाघेको बिक्रि हुने गरेको पाइएको छ ।

स्थानीय तहमा पप्रमुखको संयोजकत्वमा हुने बजार अनुगमन समिति मातहत सयन्त्र नहुदा बजार अनुगमन गर्न नसकिएको पुर्चौडी नगरपालिका सूचना अधिकारी प्रबिन धानुकले बताए । खाद्य सम्बन्धी जानकारी भएको जनसक्ती समेत नभएकाले अनुगमनलाई निरन्तरा दिन नसकिएको उनले बताए ।

प्रतिक्रिया