२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

पाटनको नगर स्तरीय ब्याटमिन्टनमा बोहरा र भट्टराई प्रथम

SansherOnline SansherOnline
आइतबार ०७, फागुन २०७९ १०:२६
पाटनको  नगर स्तरीय ब्याटमिन्टनमा बोहरा र भट्टराई प्रथम

बैतडी : बैतडीको पाटन नगरपालिकामा आयोजित नगर स्तरीय  ब्याटमिन्टन प्रतियोगिता डबलमा ललित बोहरा र देवराज भट्टराई प्रथम भएका छन् ।

महाशिवरात्री र ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजीत कार्यक्रमको उपविजेता सुरेन्द्र बोहरा र गोबिन्द पन्त भएका छन् । 

प्रथम र दोश्रो टिमले क्रमसः १० हजार मेडल, प्रमाण पत्र , ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद भन्ने नाराका साथ पाटन नगरपालिकाले प्रतियोगीताको आयोजना गरेको हो । 

नगरप्रमुख गौरी रावलको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदार भण्डारी रहेका थिए ।  प्रतियोगीतामा पाटन नगरपालिकाका १२ टिमको सहभागीता थियो ।

प्रतिक्रिया