२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

नदीजन्य पदार्थ उत्खननमा बैतडी प्रशासनले लगायो रोक

SansherOnline SansherOnline
आइतबार २४, पुष २०७९ ०४:१९
नदीजन्य पदार्थ उत्खननमा बैतडी प्रशासनले लगायो रोक

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । प्रचलित कानुन बमोजीम दर्ता नभएका, नवीकरण नगरेका, सञ्चालन अनुमति नलिएका क्रसर उद्योगहरुले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिरहेकाले सो कार्यमा पूर्ण रुपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आइतबार एक सूचना जारी गर्दै प्रशासनले केही विकास निर्माण आयोजनाहरुको प्रयोजनका लागि सञ्चालनमा रहेका क्रसरहरुले आयोजना सम्पन्न भएपश्चात पनि नदीजन्य पदार्थ उत्खन्न गरिरहेकाले सो कार्य आजैदेखि बन्द गर्न आग्रह गरिएको छ । 

प्रशासनको सूचना अवज्ञा गरेर कसैले नदीबाट बालुवा, ढुंगा, गिट्टी लगायतका नदीजन्य पदार्थ उत्खनन तथा दोहन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैतडीमा महाकाली,सुर्नया, चमेलिया, जमाडी लगायतका नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन गर्ने गरिएको छ । सगुन खबर बाट साभार
 

प्रतिक्रिया