२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार ०२, कार्तिक २०७९ १०:२१
महेन्द्रनगरमा साथीसँगै सुतेका युवक मृत फेला

महेन्द्रनगर - महेन्द्रनगरमा साथी संगै सुतेका एक युवक मृत फेला परेका छन् । महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा एक जना युवक मृत भेटिएका हुन् । होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१ का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। ‘साथीसँग होटलमा सुतेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ। 

प्रतिक्रिया