२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ३१, असोज २०७९ ०६:०२
बैतडीमा पनि ६७ औँ प्रहरी दिवस मनाइयो

बैतडी - बैतडीमा पनि ६७ औँ प्रहरी दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरेर सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पनि प्रहरी दिवस मनाएको हो । ६७ औं प्रहरी दिवसको अवसरमा बैतडीमा कार्यरत १० जना प्रहरी कर्मचारी  पुरस्कृत पनि भएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा १ जना प्रहरी निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ट हबल्दार २  जना, प्रहरी हबल्दार  २ जना , प्रहरी  सहायक हबल्दार ३ जना  र १ जना  प्रहरी जवान गरि १० जना प्रहरी कर्मचारी  पुरस्कृत भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राजा जोशीले जानकारी दिए । प्रहरी कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरिएको उनले  बताए । 
यस्तै कार्यक्रममा प्रहरी दिवसकै अवसरमा भएका क्यारेम बोर्ड , टिटि र ब्याटमिन्टन खेलमा प्रथम , द्धितिय हुनेहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगाएत जिल्लाका सुरक्षा निकाएका प्रमुख र विभीन्न कार्यालयका प्रमुखको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया