२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ३१, असोज २०७९ ०५:२०
दार्जुलामा अरिंगालको टोकाइबाट बालकको मृत्यु

दार्चुला –दार्चुलामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका ६ ग्वानीमा  ६ वर्षीय बालक प्रशान्तसिंह धामी रहेका प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टोकेको थियो । 
अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया