२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
बैतडीमा महाकाली नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकालीबाट अवैध बालुवा उत्खनन गरे ल्याउँदै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा

SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ ०५:१८
महाकालीबाट अवैध बालुवा उत्खनन गरे ल्याउँदै गरेको ट्याक्टर प्रहरी  नियन्त्रणमा

बैतडी - बैतडीमा महाकाली नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्याक्टर प्रहरीले  नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्याक्टर दशरथचन्द नगरपालिका ८ त्रिपुराबाट नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार से २ त २९३७ नम्बरको ट्याक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा महाकालीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको हो । चालकलाई समान्य सोधपुछ पछि छोडिएको छ ।
ट्याक्टर धनीलाई बोलाएर बालुवा उत्खननको बिषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया