२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार २८, असोज २०७९ ०१:४७
बैतडीमा नदीमा बगेर एक जनाको मृत्यु

बैतडी- नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका – १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् । शुक्रबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरधामस्थित सूर्नया नदीमा नुहाउन गएका उनलाई नदीले बगाएको थियो ।त्यसलगत्तै प्रहरी र स्थानीयले उनकोे उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पु¥याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया