२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

बझाङको जयपृथ्वी नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोग विहीन

SansherOnline SansherOnline
सोमबार १३, भदौ २०७९ ०१:३०
बझाङको जयपृथ्वी नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोग विहीन

बझाङ  । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा धुम्रपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ ।  हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ । छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग ( सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो । सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो । नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्छन्, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।”

प्रतिक्रिया