२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडी समाज कैलालीको आयोजनामा धनगढीमा वृहत रक्तदान महोत्सवको आयोजना गरिने

SansherOnline SansherOnline
मङ्गलबार ३१, साउन २०७९ ११:३४
बैतडी समाज कैलालीको आयोजनामा धनगढीमा वृहत रक्तदान महोत्सवको आयोजना गरिने

धनगढी। धनगढीमा वृहत रक्तदान महोत्सवको आयोजना गरीने भएको छ ।आउदो भाद्र ११ गते बैतडी समाज कैलालीको आयोजनामा र समृद्धि डेन्टल क्लिनिकको सहकार्यमा रक्त दान जिवनदान भन्ने मुल नाराका साथ आठौं वृहत रक्तदान महोत्सवको आयोजना गरिएको उक्त कार्यक्रमका कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिएका छन ।

साथै रक्तदान संग संगै धनगढी नेत्रालय र समृद्धि डेन्टल को सहकार्यमा निशुल्क आँखा र दन्त शिविर संचालन गरीने जनाएको छ ।यसैगरी बिगत तिन बर्ष देखि नै बैतडी समाजले निरन्तर  विभिन्न सामाजिक परोपकारका कार्य गर्दै आएको छ । महोत्सब आगामी भाद्र ११ गते बैतडी समाजको सचिवालय, पद्मा नर्सिङ कलेजको प्राङ्गणमा हुने छ ।

साथै संयोजक चन्दले सबै भन्दा महान दान रगत दान भएकोले उक्त पवित्र कार्यमा सरिक हुन सबैमा आग्रह गरेका छ्न १ बृहत रक्तदान महोत्सव कार्यक्रम आयोजना गर्न एन आरएन ए र भक्त बि ।बि। फर ह्युमानिटी ले समेत सहयोग गरेको कार्यक्रम संयोजक चन्दले जानकारी दिएका छन । 

प्रतिक्रिया