२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका आधा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्चको विवरण

SansherOnline SansherOnline
मङ्गलबार ३१, साउन २०७९ ०९:३३
बैतडीका आधा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्चको विवरण

बैतडी ।विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका  बैतडीका आधा भन्दा बढी उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन्। मत परिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ। तर बैतडीका आधा भन्दा बढी उम्मेदवारले नै निर्वाचन खर्चको विवरण  नबुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीका कार्याालय प्रमुख माधव प्रसाद फुँयालले जानकारी दिनुभएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालय समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। 

तर बैतडीमा गएको स्थानीय तहको निर्वाचनमा १ हजार ४७६ जना उम्मेदवार बनेकोमा २ सय ८४ जनाको धरौटी जफत भएको थियो। १ हजार १९२ जना उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेमा ५२८ जनाले मात्रै खर्च विवरण बुझाएको फुँयालले जानकारी दिएका छन । निर्वाचन खर्च नबुझाएका उम्मेदवारलाई कस्तो कारबाही हुने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने उनले बताएका छन। 

यस्तै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नगरपालिकाको प्रमुख-उपप्रमुखका उम्मेदवारले रु चार लाख ५० हजार र गाउँपालिका प्रमुख-उपप्रमुखका उम्मेदवारले रु तीन लाख ५० हजार खर्च गर्न पाउने गरी तोकिएको थियो। सोहीअनुसार वडाध्यक्ष, सदस्य र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखका उम्मेदवारको पनि खर्चसीमा तोकिएको थियो।

प्रतिक्रिया