२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

SansherOnline SansherOnline
मङ्गलबार ३१, साउन २०७९ ०९:०१
बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

बाजुरा । बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सुदुर पश्चिम प्रदेशको ९ औँ स्थान र देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको छ ।  सोमबार एक कार्यक्रममा बिच स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथपुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो ।

जिल्लाका ९ वटा पालिकाका ६९ वटै वडाहरूमा कोहि पनि खोप लगाउन बाट बन्चित नभई सवैले पाउनु पर्ने खोप नियमित पाएपछि जिल्ला लाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन । 

प्रतिक्रिया