२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
महाकाली नदीमा बगेर बेपत्ता

महाकाली नदीमा बगेर बेपत्ता बैतडीकी दुई किशोरी अझै फेला परेनन्

SansherOnline SansherOnline
सोमबार ३०, साउन २०७९ १०:२६
महाकाली नदीमा बगेर बेपत्ता बैतडीकी दुई किशोरी अझै फेला परेनन्

बैतडी । २८ गते शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता बैतडीकी दुई किशोरी अझै फेला परेका छैनन् । जिल्लाको दशरथचन्द नगरपालिका ८ साङडीका संगिता टमाटा र कलावती टमाटा नुहाउने क्रममा मौरा भन्ने स्थानबाट बगेर बेपत्ता भएका थिइन् । 

लगातारको बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा समस्या भएको साहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताएका छन । शुक्रबार दिउँसो नदीमा बगेका उनीहरुको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म पत्ता लाग्न नसकेको भारतीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजी कार्य जारी राखेका छन् ।

महाकालीमा पानीकोबहाव बढेपछि नदी किनारमा बाटो समेत नहुँदा आवतजावतमै समस्या भएको छ,‘हामीले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी राखेका छौं उनले भने । बर्षाले नदीमा बहाव बढेपछि खोजी कार्यमा समस्या भएको छ ।

प्रतिक्रिया