२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जादैं

SansherOnline SansherOnline
बुधबार १८, साउन २०७९ ०३:०४
जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जादैं

बैतडी ।  जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (SSW ) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । यसअघि सन् २०१९ मार्चमा (SSW ) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहनु भएको छ । त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ । उहाँबीच भोली साउन १९ गते बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ । उक्त विषयमा विस्कृत विवरण भोलीको बैठक पछि दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया