२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
६३ जना हुलाकीको दरबन्दी रहेकोमा ४२ जना मात्र कार्यरत

जिल्ला हुलाक कार्यालय बैतडीमा कर्मचारी अभाव ,६३ जना हुलाकीको दरबन्दी रहेकोमा ४२ जना मात्र कार्यरत

SansherOnline SansherOnline
मङ्गलबार १७, साउन २०७९ ०८:१७
जिल्ला हुलाक कार्यालय बैतडीमा कर्मचारी अभाव ,६३ जना हुलाकीको दरबन्दी रहेकोमा ४२ जना मात्र कार्यरत

बैतडी । जिल्ला हुलाक कार्यालय बैतडीमा कर्मचारी अभाव रहेको छ। कार्यालयका प्रमुख टिकासिंह रावलका अनुसार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएका हुन् ।

६३ जना हुलाकीको दरबन्दी रहेकोमा ४२ जना कार्यरत रहेको र २० जनाको दरबन्दी रिक्त रहेको उनले बताए। यस्तै १४ जना खरिदारको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत रहेका र २९ जना हल्काराको दरबन्दी  रहेकोमा ५ जना स्थायी र १७ जना करारका गरी २२ जना कार्यतर रहेका उनले बताए। रिक्त रहेकाको पदपुर्तीका लागी लोक सेवा आयोगसँग माग गरिएको भएपनि अहिलेसम्म पदपुर्ती हुन नसकेको कार्यालय प्रमुख रावलले बताए। 

हुलाक कार्यालयले दैनिक चिट्ठीपत्र आदान प्रदान, पत्रपत्रिका सहुलियत दरमा पठाउने कार्यका लागि दर्ता तथा नवीकरण, एफएम रेडियोहरुको दर्ता नवीकरण तथा रोयल्टी संकलन र नेपाल सरकारबाट तोकिएका लोककल्याणकारी विज्ञापन प्रसारण गर्न लगाउने, अनुुगमन गर्ने काम गर्ने गरेको बताइएको छ।

प्रतिक्रिया