२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव सहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

SansherOnline SansherOnline
सोमबार १६, साउन २०७९ ०५:४६
नेपाल कम्युनिष्ट पार्टीका महासचिव सहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव सहित अन्य नेताको नाममा पक्राउ पुर्जी जारी भएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

उनीहरूविरूद्ध ललितपुर जिल्ला अदालतले विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा खरखजाना समेतको मुद्दा,  हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ ३५ दिनको म्याद जारी गर्दै पक्राउ पुर्जी जारी गरेको हो। अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ। 

प्रतिक्रिया