२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

SansherOnline SansherOnline
शनिबार १४, साउन २०७९ ०३:३०
दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

दार्चुला : दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । लेकम गाउँपालिका-२ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो । सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भइ कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए । उनको राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत उद्दार गरिएको हो ।

प्रतिक्रिया