२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ
यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन्,

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलियो,

SansherOnline SansherOnline
सोमबार १३, मङि्सर २०७८ ०८:०६
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलियो,

काठमाण्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ ।

न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्टको असर कम गर्न बेलायतले कोराना विरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ ।

यस्तै, बेलायतका स्वास्थ्यमन्त्रीले सार्वजनिक मास्कलाई समेत अनिवार्य गरिएको बताएका छन् । यस्तै, अस्ट्रेलियाले अफ्रिकी देशबाट आउने यात्रुलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । इजरायलले अन्य देशबाट आउने यात्रुलाई दुई हप्तासम्म प्रतिबन्ध लगाएको छ भने बाहिरी देशबाट आउने आफ्ना नागरिकलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ ।

-उज्यालो अनलाइनबाट cp

प्रतिक्रिया