२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

क्वालिटी साक्षरता तालिम सम्पन्न

SansherOnline SansherOnline
आइतबार १९, असार २०७९ ०५:४०
क्वालिटी साक्षरता तालिम सम्पन्न

बैतडी। बैतडीको दाेगडाकेदार ३ श्रीकाेटमा सञ्चालनमा रहेकाे निशुल्क क्वालिटी साक्षरता तालिम सम्पन्न भएकाे छ । भाेजराज जाेशी क्वालिटीकाे सहयाेग तथा बसन्त फाउन्डेसनकाे आयाेजना र एम्विसन टेक्निकल कलेजकाे सहकार्यमा गत चैत १९ देखि सञ्चालन भएकाे तीनमहिने तालिम आज सम्पन्न भएकाे हाे । उक्त तालिममा हाेटेल म्यानेजमेन्ट र कृषिसम्बन्धि सीप सिकाइएकाे तालिम संयाेजक हरिस जाेशीले जानकारी दिनुभयाे । तालिम निकै उपलब्धिमूलक रहेकाे सहभागी रेखा भट्टले बताउनुभयाे । यस्तै तालिमले आत्मनिर्भरकाे बाटाेमा लाग्न प्रेरित गरेकाे अर्का सहभागी द्राेपति भट्टले बताउनुभयाे । तालिम समापन समाराेहमा बाेल्दै दाेगडाकेदार गाउँपालिका ३ का वडाध्यक्ष कालुराम सार्कीले किताबकाे काेरा ज्ञानभन्दा व्यवहारिक शिक्षा आजकाे आवश्यकता रहेकाेले यस्ता सीपमूलक तालिमले सहजता प्रदान गर्ने बताउनुभयाे । समाज रूपान्तरणका लागि युवाकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउदै सार्कीले गाउँपालिकाले प्राविधिक शिक्षालाई जाेड दिएकाे जनाउनुभयाे । यस्तै सनातन धर्म माविका निमित्त प्रधानाध्यापक सुरेन्द्र कार्कीले सिकेकाे सीपलाई स्वराेजगारमा परिणत गरेर नमूना युवा बन्नुपर्ने बताउनुभयाे । समापन समाराेहमै बाेल्दै भाेजराज जाेशी क्वालिटीले बेराेजगारकाे समस्या समाधानका तालिम सञ्चालन गरिएकाे र स्वदेशमै राेजगारकाे सिर्जना गर्न तालिम उपयाेगी हुने बताउनुभयो । सिकेको सिपलाई सही सदुपयोग गर्नुपर्ने बताउदै जाेशीले राेजगार बन्न चाहनेलाइ थप सहयाेग गरिने प्रतिवद्धता जनाउनुभयाे। आगामी दिनमा अझै यस्ता तालिमकाे आयाेजना गरिने समेत उहाँले बताउनुभयो।

प्रतिक्रिया