२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

जनप्रतिनिधिको लापवार्हिका कारण बर्सो देखि थन्किए डोजर र टिप्पर

SansherOnline SansherOnline
आइतबार १९, असार २०७९ ०४:३१
जनप्रतिनिधिको लापवार्हिका कारण बर्सो देखि थन्किए डोजर र टिप्पर

आशिष् माल बैतडी। जनप्रतिनिधिको लापवार्हिका कारण बैतडीको पन्चेस्वर गाउँपालिकाको  डोज र टिप्पर बर्सोउ देखि थन्किएका छन । गाउँपालिका भित्र हुने विकास निमार्णका कार्यका लागि गाउँपालिकामा डोजर टिप्पर भित्रयाइएको हो । गाउँपालिकाले प्राथमिकतामा अहिले सडक राखेको छ । गाउँपालिकाको  उदेश्य नै सबै वडा सडक सञ्जाल संगजोडने योजना रहेको छ । पन्चेस्वर गाउँपालिकामा अहिले व्याक्तिगत डोजरको प्रयोग गरेको पाईएको छ ।

पन्चेस्वर  गाउँ पालिकाका अध्यक्ष गोरख बहादुर चन्द का अनुसार डोजरको सर्बेसिङ गर्नु पर्ने तर जिल्लामा त्यसका लागि कोहि पनि मान्छे नभएकाले मर्मत हुन नसकेको बताएका छन  । गाउँपालिकाको डोजर र टिप्पर विग्रिएको लामो समय सम्म पनि गाउँपालिकाले डोजर  र टिप्पर र्ममत गर्ननसक्नु दुख्खको कुरा हो । जनप्रतिनिधिले आफना कार्यक्रतालाई पाल्नकालागि डोजरको र्ममत नगरी व्याक्तिगत डोजरको प्रयोग गर्ने गरेको स्थानियको आरोप रहेको छ । खास गरी करोड भन्दा तलका योजनामा डोजर लगाउन नमिल्लने तर भौगोलिक विकटका कारणले डोजर प्रयोग गर्नु पर्ने बाध्यता छ । यसै मौका मा व्याक्तिगत डोजरको प्रयोग गरि रहेका छन ।कतिपय पूर्वाधार अत्यावश्यक भएर पनि सही योजनाका साथ उपयुक्त स्थानमा नबनाउँदा समस्या देखिएको छ भने कतिपय सार्वजनिक सम्पत्तिको उचित प्रयोग गर्ने नीति, नियम र उचित वातावरण बनाउन सरकार आफैं उदासीन छ । केही त बन्दाबन्दै वा किन्दाकिन्दै गुणस्तर र उपयोगिताको मामिलामा कमजोर ठहर भएर प्रयोगविहीन बनेका छन् ।पछिल्लो समय पर्याप्त गृहकार्य, विस्तृत अध्ययन, स्पष्ट योजना, पूर्वतयारी विना नै खरीद गरिएका र बनाइएका सरकारी तथा सार्वजनिक सम्पत्तिहरूको सूची झन् लम्बिंदो छ । सरकार र सेवाग्राहीलाई लाभ दिनुपर्ने त्यस्ता संयन्त्र र पूर्वाधारहरू बचाउन उल्टो सरकारले ढुकुटीबाट पैसा खन्याउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया