२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलाको गल्फैमा मानव सेवा आश्रम बन्दै

SansherOnline SansherOnline
सोमबार १६, जेठ २०७९ ०७:४५
दार्चुलाको गल्फैमा मानव सेवा आश्रम बन्दै

दार्चुला । दार्चुला सदरमुकामस्थितको महाकाली नगरपालिका–५ गल्फैमा मानव सेवा आश्रम निर्माणको कार्य थालिएको छ । सोमवार एक कार्यक्रमका बीच आश्रमको सिलान्यास गरिएको छ । १८ आना जमिनमा आश्रम निर्माण हुने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोद शर्माले जानकारी दिए ।

स्थानीय लोकमणी ठगुन्नाको २आना जग्गा दान सहयोग र १६ आना समितिले खरिद गरेको जग्गामा बन्ने दुई तले भवनमा भुँइ तलमा हल र माथिल्लो तलामा ६ कोठा निर्माण गरिने जनाइएको छ ।

९० लाख लागत रहेको उक्त आश्रम मंसिरमा सम्पन्न हुने गरी तिंकरी विल्डर्सले काम गरिरहेको छ । मानव धर्म सेवा समितिले मानव जातिका लागि आध्यात्मिक भौतिक, विकासका लागि सत्संग, प्रवचन, साधना शिविरका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया