२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

SansherOnline SansherOnline
मङ्गलबार १०, जेठ २०७९ ०६:०३
चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

दार्चुला ।  चोरी मुद्धामा २ वर्ष १४ दिन कैद र ३० हजार जरिवाना गरिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–३ लाली बस्ने चन्द्र बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी  दिनुभएको छ । चन्दलाई जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत दार्चुलाको २०७७ साल चैत १९ गतेको फैसला अनुसार चोरी मुद्धामा चन्दलाई २ वर्ष १४ दिन कैद तथा ३० हजार जरिवाना तोकिएको थियो । पक्राउ परेका उनलाई कैद जरिवाना असुर उपरको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया