२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका नवनिवार्चीत पालिका प्रमुखले लिए शपथ

SansherOnline SansherOnline
शुक्रबार ०६, जेठ २०७९ ०६:१४
बैतडीका नवनिवार्चीत पालिका प्रमुखले लिए शपथ

बैतडी । बैतडीका नवनिर्वाचित पालिका प्रमुखहरुले पद तथा गोपनियताका शपथ ग्रहण गरेका छन् । दशरथचन्द नगरपालिकामा आयोजना गरिएको शपथ ग्रहण समारोहमा दशै पालिकाका प्रमुखहरुले शपथ ग्रहण गरेका छन् ।

जिल्ला न्यायधिश तिलकबहादुर कार्कीले दशओटै पालिकाका प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । पालिका प्रमुखहरुले शपथ लिएकाले अब अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन् ।

बैतडीका नवनिर्वाचित पालिका प्रमुखहरुले पद तथा गोपनियताका शपथ ग्रहण गरेका छन् । दशरथचन्द नगरपालिकामा आयोजना गरिएको शपथ ग्रहण समारोहमा दशै पालिकाका प्रमुखहरुले शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया