२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

हरेकले काम गरेर खान सक्ने बनाउछु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राना

SansherOnline SansherOnline
बुधबार २१, बैशाख २०७९ ०६:३४
हरेकले काम गरेर खान सक्ने बनाउछु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राना

आशिस माल बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना (शितल) ले गाउँपालिका भित्रका हरेक नागरिकले काम गरेर खान सक्ने अवस्था सिर्जना गर्ने बताउनु भएको छ ।

आज गाउँ पालिकाको वडा नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाले कामले मात्रै ब्यक्तिलाई सफलता दिलाउने भन्दै आफुले गाउँपालिका अध्यक्षमा जितेमा हरेकले काम गरेर खान सक्ने बनाउने बताउनु भएको हो ।

यस्तै उहाँले अब गाउँपालिका भित्रमा हरेक घरलाई श्रमसंग जोडेर रोजगारी सिर्जना गर्ने प्रतिबद्ध ब्यक्त गर्नु भएको छ । आफुले जितेमा श्रमले बजार पाउने बताउदै किसानको कुनै उत्पादन खेर नजाने दाबी गर्नु भएको छ । साथै कार्यकर्ताहरुलाई टुक्रेटाक्रे योजनाहरुको आशा नगर्न पनि उहाँले आग्रह गर्नु भयो ।

हरेक विकास समग्र पालिकावासीका लागि गरिने भन्दै रानाले आफुबाट टुक्रेटाक्रे योजनाको अपेक्षा गरेको भएमा बरु आफुलाई मतदान नगर्न भन्नुभएको हो । रानाले कार्यक्रमलाई सम्बोधन गर्दै  आफुहरुको जित सुनिश्चित रहेको समेत बताउनु भएको छ ।

डिलासैनीमा लोकतान्त्रिक गठबन्धन देखेर तानाशाही शक्ति डगमगाएको र त्यस्ता शक्तिहरु पतन भएर जाने बताउनु भयो । ५ बर्षसम्म एमालेले नेतृत्व गरेको डिलासैनी सरकारले आफ्ना कार्यकर्ता बाहेक अन्य गाउँपालिकावासीलाई हरेक कुरामा विभेद गरेको तर आफुले जितेमा एमालेका कार्यकर्ताहरुलाई पनि संगै लिएर हातेमालो गर्ने विश्वास दिलाउनु भयो । अहिके डिलासैनिको तानाशाही सरकारले आफ्ना कार्यकर्ता बाहेक सबैलाई सौतेनी व्यवहार गरेको छ ।

तर हामिले जितेमा एमालेलाई पनि संगै लिएर अगाडि बढ्छौ । (रानाले भने) नत्र हामी पनि उस्तै निरङकुश भैइहाल्यौनि । डिलासैनी गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन्। गाउँपालिकामा माओवादीले अध्यक्ष तथा नेपाली काङ्ग्रेसले उपाध्यक्ष पदमा गठबन्धनबाट चुनाब लड्दै छन् ।

प्रतिक्रिया