२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डिलाशैनीमा गठबन्धनका उम्मेदवार साउँद माथि खुकुरी प्रहार

SansherOnline SansherOnline
मङ्गलबार २०, बैशाख २०७९ ०९:१५
डिलाशैनीमा गठबन्धनका उम्मेदवार साउँद माथि खुकुरी प्रहार

बैतडी । बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए । 

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदबाट एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए । 

घटनाका बिषयमा जानकारी आएको र अजित साउद नाम गरेको बेक्तीको टोलील खुकुरी प्रहार गरेको बुझन्मा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएको छ । घटनास्थलमा प्रहरीको टोली खटाइएको र किन खुकुरी प्रहार गरेको हो भन्ने बिषयमा खुली नसकेको उनले बताएका छन  ।

प्रतिक्रिया