२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा मेयरका उम्मेदवार सहित १२ उम्मेदवारका विरुद्ध उजुरी

SansherOnline SansherOnline
बुधबार १४, बैशाख २०७९ ०७:५६
बैतडीमा मेयरका उम्मेदवार सहित १२ उम्मेदवारका विरुद्ध उजुरी

बैतडी । बैतडीमा नगरप्रमुखका उम्मेदवार र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार सहित १२ उम्मेदवारका विरुद्ध उजुरी परेको छ ।

जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट मेयर पदका उम्मेदवार नारायणसिंह भण्डारी विरुद्ध दुईजनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए । भण्डारी लेखापरीक्षकको रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको छ ।

यस्तै वडा सदस्यका उम्मेदवारहरु हिरासिंह कठायत, प्रेमसिंह भाट,नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्की विरुद्ध उजुरी परेको छ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत धर्मानन्द जोशीले बताए । पुजारा विरुद्ध पेश्की फच्र्याैट नगरेको भनेर उजुरी परेको र भण्डारी विरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको जोशीले बताए । दुवै जना विरुद्ध एकअर्काले उजुरी दिएका हुन् । उम्मेदवार विरुद्ध परेका उजुरीका बिषयमा भोलिसम्म छानबीन भईसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया