२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डोल्पाको दुई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षका उम्मेदवार निर्विरोध चयन

SansherOnline SansherOnline
सोमबार १२, बैशाख २०७९ ०७:४३
डोल्पाको दुई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षका उम्मेदवार निर्विरोध चयन

डोल्पाको दुई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार निर्विरोध भएका छन् ।

काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्ष निर्विरोध भएको एकीकृत समाजवादीले जानकारी दिएको छ । समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार काइके गाउँपालिमा अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिमा सेनाङ गुरुङ अध्यक्ष पदमा निर्विरोध भएका हुन् ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा दोर्जेस निर्विरोध भएका छन् भने ६ वटा वडामा अध्यक्षसहित सेटै एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएको ज्वालाले जानकारी दिए ।

नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादी पार्टी पहिलोपटक आम निर्वाचनमा सहभागी भएको हो । सोही पार्टीले स्थानीय तह निर्वाचनमा दुई गाउँपालिकामा जित हात पारेको हो ।

निर्विरोध भएका उम्मेदवारको नाम निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । भर्खरै मनोनयन सकिएकाले केहीबेरमा आयोगले सार्वजनिक गर्दैछ ।
 

प्रतिक्रिया