२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

स्वतन्त्र उम्मेदवार जोशीले डिलाशैनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउदै

SansherOnline SansherOnline
सोमबार १२, बैशाख २०७९ ०८:२९
स्वतन्त्र उम्मेदवार जोशीले डिलाशैनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउदै

आशिस माल बैतडी । स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशिले ले डिलाशैनी गाउँपालिकाको अध्यक्षमा  उम्मेदवारी दर्ता गराउने भएका  छन् । सोमबार  दिउँसो १ बजे  निर्वाचन अधिकृतको कार्यालय धामिगाउमा पुगेर जोशीले अध्यक्ष  पदमा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । ‘हाम्रो डिलाशैनि हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै जोशीले डिलाशैनीबासीले जिताउनेमा विश्वस्त रहेको बताएका छन ।

‘डिलाशैनी बाशिले  यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छुु,’ जोशीले भने, ‘हाम्रो डिलाशैनी हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।

यस्तै आज दिउँसो १ बजे डिलाशैनीका ७ ओटै वडा बाट सोतन्त्रका उम्मेदवार सहित  बाजागाझा छलिया नाछ, र्याली सहित निर्बाचन अधिकृतको कार्यलाई धामिगाउमा ठूलो जनमानसका साथ मनोनयन दर्ताको कार्यक्रम हुने बताएको छ ।  
 
जनभावना विपरीत एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएको जोशीले बताउनुभयो । ‘गतमहिनाको बिहीबार पंसेरामा आयोजित गाउँ कमिटी बैठकमा अधिकांस पदाधिकारी र सदस्यहरु मेरो पक्षमा थिए,’उनले भने,‘तर, पाल पक्षले माइन्यूट खोसेर कब्जामा लिए ।’ 
 
स्रोतका अनुसार पालले पछि आफू निकटलाई सुटुक्क सिफारिस गरेका रहेछन । पालिकाबासीकै सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएको र आज मनोनयन दर्ता गर्नलागेको जोशीको भनाई छ । जोशी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम अध्यक्ष पनि थिए ।

प्रतिक्रिया