२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

निर्वाचन आचारसंहिताबारे पत्रकारहरुसंग छलफल कार्यक्रम बैतडीमा सम्पन्न

SansherOnline SansherOnline
बिहिबार ०८, बैशाख २०७९ ०४:३७
निर्वाचन आचारसंहिताबारे पत्रकारहरुसंग छलफल कार्यक्रम बैतडीमा सम्पन्न

बैतडी । निर्वाचन आचारसंहिताबारे पत्रकारहरुसंग छलफल कार्यक्रम विहीबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा भएको कार्यक्रममा विभीन्न संञ्चारमाध्यममा कार्यरत जिल्लास्थित पत्रकारहरुको उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीयले निर्वाचन आचारसंहित २०७८ अन्र्तगत संञ्चार प्रतिष्ठान,सम्बद्ध कर्मचारी तथा पत्रकार , पर्यवेक्षक संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धी जानकारी गराएका थिए ।
 
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस तिलक बहादुर कार्कीले संञ्चारकर्मीहरुले आचारसंहिता पालना गर्ने कुरामा आफु ढुक्क रहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो,‘ आचारसंहिता उल्लंघन भएका घट्नाबारे जानकारी दिएर संञ्चारकर्मीहरुले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यसले गर्दा हामीलाई काम गर्न सहज हुनेछ । ’ निर्वाचनलाई शान्तीपूर्ण , स्वतन्त्र र निश्पक्ष ढंगले सम्पन्न गर्नको लागि सबैको सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।


 
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पत्रकार साथीहरुलाई थाहा भएकै कुरामा छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । निर्वाचनलाई शान्तीपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि संञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने भएकोले आफुहरुले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो । सबैले आआफ्नो आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्नेमा उहाँको जोड थियो ।
यस्तै कार्यक्रममा उपस्थित संञ्चारकर्मीहरुले आचारसंहितालाई पूर्ण रुपले पालना गर्ने भन्दै हस्ताक्षरीत प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया