२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

पत्रकार विसिद्वारा जन्मदिनमा आर्थिक सहयोग

SansherOnline SansherOnline
शनिबार ०३, बैशाख २०७९ ०४:५९
पत्रकार विसिद्वारा जन्मदिनमा आर्थिक सहयोग

बैतडी । रेडियो मेलौलीका स्टेसन म्यानेजर लक्ष्मण विसिले आफ्नो जन्मदिनको अवसरमा पत्रकार सहासंघ बैतडीलाई सहयोग गरेको छ । आज परेको जन्मदिनको अवसरमा विसिले महासंघलाई पत्रकारिता पुरस्कार कोषका लागि १० हजार जम्मा गरेको पत्रकार महासंघ बैतडीका अध्यक्ष खगेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

कोष स्थापना गरेर जिल्लामा कार्यरत पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्ने योजना महासंघको रहेको छ । कोषमा सहयोग रकम जम्मा गरेकोमा महासंघले धन्यवाद ज्ञापन गरेको छ । विसिले जन्मदिन मनाउने खर्च कटाएर महासंघलाई सहयोग गरेको हो । पाटन नगरपालिका १ घर भएका विसि बिगत छ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।पत्रकार विसी सामाजिक क्षेत्रमा विगत देखि अनवरत रुपमा लाग्दै आएका र आगामी दिनहरुमा पनि विभिन्न तरिकाबाट समाजिक क्षेत्रमा अझै कट्टीबद्व भएर लाग्ने बताउनु भएको छ।

प्रतिक्रिया