२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

पाटनका प्रहरी निरीक्षक शाही पुरस्कृत

SansherOnline SansherOnline
मङ्गलबार २९, चैत २०७८ ०५:५४
पाटनका प्रहरी निरीक्षक शाही पुरस्कृत

बैतडी। इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख,प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् । शान्ति,सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै शाहीलाई प्रदेश डीआईजी पुरषोत्तम कडेँलले पुरस्कृत गरेका हुन् । 
वि स २०७७ बैशाखमा पाटन आएका शाहीको नेतृत्वमा जयपृथ्वी राजमार्गमा ठूलो परिमाणमा चरेश, सुर्नयामा व्यापारी हत्या,विद्यालयमा सचेतनामूलक कार्यक्रम,दोगडाकेदारमा सौता हत्या, रिममा मन्दिरमा भएको सुन चोरी लगायतका घटनाहरू अनुसन्धान र अपराधी समात्न सफल भएका थिए । 
शाहीको हाल जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भएको छ । केही दिनमै दार्चुला जाने तयारीमा छन् ।
 

प्रतिक्रिया