२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

(एकीकृत समाजवादी) दोगडाकेदार गाउँपालिकाकोअगुवा कार्यकर्ता भेला सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार २९, चैत २०७८ ०५:३०
(एकीकृत समाजवादी) दोगडाकेदार गाउँपालिकाकोअगुवा कार्यकर्ता भेला सम्पन्न

 बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दोगडाकेदार गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपानीमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।भेलामा सहभागिलाई प्रशिक्षण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एसका पोलिट ब्युरो सदस्य प्रमानन्द भट्टले केपी ओली गरिब जनताका मुद्धा भन्दा पनि रेल र पानी जहाजको सपनामै लिप्त रहेको आरोप लगाउनुभयो । जनताका आधारभुत आवश्यकतालाई वेवास्ता गरि खाली भ्रमपुर्ण कुरा गरेर समय बर्बाद गरिरहेको उहाँको भनाइ थियो ।

केपी ओलीमा भएको दम्भ, घमण्ड र फुटबन्दी स्वभावले गर्दा नै आफुहरुले बिद्रोह गरेको र त्यो बिद्रोह एउटा ऐतिहासिक बिद्रोह भएको उहाँले बत्ताउनुभयो ।अब निवार्चन नजिकिदै गरेको अवस्थामा (एकीकृत समाजवादी) लाईदोगडाकेदारमा भारी मतले बिजय बनाउन लाग्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  दोगडाकेदार गाउँपालिका अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षतामा भएको भेलामा नेकपा एसका पोलिट ब्युरो सदस्य प्रमानन्द भट्टको  प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एस का केन्द्रिय  सदस्य माया भट्ट लगाए नेकपा एकीकृत समाज बादिका थुप्रै नेता कार्यकर्ता को उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न पाटी परित्याग गरि नेकपा एकीकृत समाज बादीमा २५ जनाले पाटी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दोगडाकेदार गाउँपालिका अध्यक्ष लक्ष्मी जोशीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया