२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता र संञ्चारको भुमिका विषयक अन्तक्रिया सम्पन्न

SansherOnline SansherOnline
सोमबार २८, चैत २०७८ ०३:१७
निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता र संञ्चारको भुमिका विषयक अन्तक्रिया सम्पन्न

बैतडी । निर्वाृचनमा सिमान्तकृत समुदायको सहभागीता र संञ्चारको भुमिका विषयक अन्यक्रिया कार्यक्रम बैतडीमा सम्पन्न भएको छ । जागरण मिडीया सेन्टर र वल्र्डभ्यु नेपालको आयोजनामा सोमबार कार्यक्रम भएको हो । नेपाल पत्रकार महासंघ बैतडीको समन्यवमा भएको कार्यक्रमको जागरण मिडीया सेन्टरका अध्यक्ष केदार शर्मा र वल्र्डभ्यु नेपालका निर्देशक रमेश खड्काले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा जिल्लास्थित विभीन्न संञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता गराउनको लागि संञ्चारमाध्यमले गर्नसक्ने भूमिकाका विषयमा छलफल भएको थियो । संञ्चारमाध्यमले सिमान्तकृत समुदायको सहभागीता निर्वाचनमा गराउनको उनीहरुको बारेमा लेख्नु र बोल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको थियो । 
 

प्रतिक्रिया