२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

भुमि समस्या समाधाम आयोग बैतडीका अध्यक्षमा धर्म सिह ऐर (कपिल) ले गरे पदभार ग्रहण

SansherOnline SansherOnline
बुधबार २३, चैत २०७८ ०४:२०
भुमि समस्या समाधाम आयोग बैतडीका अध्यक्षमा धर्म सिह ऐर (कपिल) ले गरे पदभार ग्रहण

बैतडी । नेपाल सरकारको भुमि समस्या समाधाम आयोग बैतडीका अध्यक्षमा धर्म सिह ऐर (कपिल) ले पदभार ग्रहण गरेका छन् । चैत्र ४ गते बसेको मन्त्रीपरिषद बैठकले नियुक्त गरेका ऐरले  बुधबार बैतडी स्थित भुमि समस्या समाधान आयोजको जिल्ला कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती, मालपोट कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय र समुन्वय समितिको कार्यालयका प्रमुखहरुले आयोजना गरेको पदभार ग्रहण कार्यक्रम आयोजना गरेका थिए । ऐर अध्यक्ष रहेको आयोगले भुमि नभएका तथा सुकुम्बासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्नेछ ।  

मन्त्रीपरिषदले दिएको जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरि भुमि नभएका तथा सुकुम्बासीहरुको समस्या समाधानमा आफु केन्द्रीत रहने अध्यक्ष ऐरको भनाई छ ।

प्रतिक्रिया