२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
सुर्नया गाउँपालिका

कार्यपालिकाका ४ जना महिला सदस्य हरुको कार्यक्रम बाट गरे स्वयंसेबिका हरुलाइ प्रोत्साहन भत्ता बितरण

SansherOnline SansherOnline
शुक्रबार १८, चैत २०७८ ०६:४०
कार्यपालिकाका ४ जना महिला सदस्य हरुको कार्यक्रम बाट गरे स्वयंसेबिका हरुलाइ प्रोत्साहन भत्ता बितरण

आशिस माल  बैतडी ।  बैतडीको सुर्नया गाउँपालिकाले आज सुर्नया गाउँपालिकाको  वडा नं १ र २ मा प्रोत्साहन भत्ता वितरण गरेको छ ।  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्न  उत्साह मिलोस भनेर प्रोत्साहन भत्ता वितरण गर्न थालिएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँपालिकामा आज बाट प्रोत्साहन भत्ता वितरण गर्न थालेको  गाउँपालिकाकी प्रवक्ता हेमा भट्टले जानकारी दिनुभएको छ । 
गाउँपालिकाका ८ ओटै वडामा कार्यरत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई ४ हजार ५ सयका दरले प्रोत्साहन भत्ता वितरण गरिने छ । प्रत्येक वडामा पुगेर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता वितरण गरिने प्रवक्ता भट्टले बताइन् । भोली गाउंपालीकाको ६,७ र ८ नम्बर वडामा भत्ता वितरण गरीने छ । कार्यपालिकाका चारजना महिला सदस्य हरुको कार्यक्रम बाट महिला स्वयंसेबिका हरुलाइ प्रोत्साहन भत्ता बितरण गरिएको प्रबक्ता भट्टले सनशेर अनलाइनलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया