२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
बैतडीको सुर्नया गाउँपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रममा

बैतडीको सुर्नयामा माओवादी केन्द्रको चुनावी प्रशिक्षण , १ सय १६ जनाले गरे प्रवेश

SansherOnline SansherOnline
बुधबार ०९, चैत २०७८ ०४:२४
बैतडीको सुर्नयामा माओवादी केन्द्रको चुनावी प्रशिक्षण , १ सय १६ जनाले गरे प्रवेश

 बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रममा १ सय १६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका दावि गरिएको छ । बुधबार पार्टीका केन्द्रिय सदस्य एवं बैतडी इन्चार्ज  नरेन्द्र कुवर  बिजयसुन्दरको  प्रमुख आातिथ्यता र सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्यको विशिष्टआतिथ्यतामा सम्पन्न स्थानीयतहको निर्वाचन लक्षित प्रशिक्षण  कार्यक्रममा विभिन्न   पार्टी  परित्याग गरि १ सय १६ जना माओवादीमा प्रवेश गरेका गाउँकमिटि अध्यक्ष  रामबहादुर विष्टले जानकारि दिनुभयो ।उहाँका अनुसार  नेकपा एमालेबाट ५२ जना,नेपाली काँग्रेसबाट ५७ जना  र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ७ जना माओवादीमा प्रवेश गरेका हुन् ।  नवप्रवेशिहरुलाइ खादा सहित अबिर लगाएर स्वागत गरिएको गाउँकमिटि अध्यक्ष विष्टले बताउनुभयो ।  अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र बैतडीले चुनावी प्रशिक्षण कार्यक्रम गरिरहेको छ  । स्थानीयतहको निर्वाचन नजिकिएसंगै माओवादी केन्द्र बैतडीले पनि जिल्लाका  सबै पालिकामा प्रशिक्षण कार्यक्रम गरिरहेको माओवादी केन्द्र जिल्ला  संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावलाइ लक्षित गरेर  चुनावि प्रशिक्षण कार्यक्रम  संगसंगै जनता संग भेटघाट  भइरहेको उहाँले बताउनुभयो  । कार्यक्रम सञ्चालन गरेर  स्थानीय तहको निर्वाचनका लागि पार्टीका  आन्तरिक एकतालाइ सुदृढ गरि नेता  कार्यकर्ताहरुलाइ  सक्रिय पार्ने , मतदाताहरुसंगको सम्बन्ध सुदृढीकरण गर्ने  काम भइरहेको उहाँको भनाइ छ । 


दोगडाकेदार गाउँपालिका , डीलाशैनी गाउँपालिकामा चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको माओवादी केन्द्रले बुधबार सुर्नया गाउँपालिकामा सम्पन्न गरेको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवर ९विजयसुन्दर०को प्रमुख आतिथ्यतामा सुर्नयामा कार्यक्रम सम्पन्न भएको हो ।

माओवादी केन्द्र सुर्नया गाउँकमिटि अध्यक्ष राम बहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला इन्चार्ज नरेन्द्र कुवर , सह९इन्चार्ज प्रेम प्रकाश  भट्ट ९आदित्य० , बिक्रम कुवर ९प्रतीक०, जिल्ला संयोजक शंकर भण्डारी , सुर्नया इन्चार्ज  स्वेता भट्ट ९साहारा० , सह९इन्चार्ज, तर्क राज भट्ट प्रकाण्ड लगायत अन्य  पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया