२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
डिलासैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्र

डिलासैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको राजनितिक प्रशिक्षण कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार ०८, चैत २०७८ ०७:११
डिलासैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको राजनितिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको राजनितिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगंलवार आसन्न स्थानिय तहको निर्वाचनका बिषयमा बिभिन्न छलफलहरु गर्दै गाउँपालिकाको गन्नामा राजनितिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निर्वाचनलाई लक्षित गरी टोलटोलका कार्यकर्ता परिचालन गर्ने, संगठन विस्तार तथा सडृढीकरण अभियान निरन्तर चलाउने, नेकपा माओवादी केन्द्रका एजेण्डा तथा राम्रा कामहरु र माओवादी केन्द्रले नेतृत्व गरिरहेको प्रदेश सरकारले गाउँपालिकामा गरेका विकास निर्माणका कामहरुको बारेमा नागरिकहरुलाई जानकारी गराउने निर्णय भएको माओवादी केन्द्रका डिलासैनी गाउँपालिकाका संह–ईन्चार्ज अर्जुन राना सुमनले जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष जग्दीश नाथ सुर्यको अध्यक्षता तथा केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज नरेन्द्र कुवँर बिजय सुन्दरको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । यस्तै कार्यक्रमको बिशिष्टअतिथिहरुमा  बैतडी जिल्ला सह ईन्चार्ज प्रेम प्रकाश भट्ट, प्रदेश कमिटि सदस्य बिक्रम कुवँर प्रतिक, जिल्ला अध्यक्ष संकर भण्डारी, डिलाशैनी गाउँपालिका ईन्चार्ज पार्वती नेगी र सह ईन्चार्ज अर्जुन राना सुमन लगायत रहनुभएको थियो ।

प्रतिक्रिया