२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
सन्तोष प्रकाश जोशी

डिलासैनिको नेतृत्व माग्दै जनता, टिकटको पर्खाइमा जोशी

SansherOnline SansherOnline
मङ्गलबार ०८, चैत २०७८ ०३:३६
डिलासैनिको नेतृत्व माग्दै जनता, टिकटको पर्खाइमा जोशी

बैतडी । सुदूरपश्चिम युवा पुस्ताको एक प्रचलित नाम हो सन्तोष प्रकाश जोशी । परिवर्तनका लागि हुने आन्दोलन र युवा पुस्ताको हक अधिकारका लागि गरिएका तमाम संघर्षमा जोशीको नाम अग्र पंतिमा आउछ । राजनीतिक नेतृत्वमा पुगेर उत्कृष्ट निति निर्माण गरि जनताको जिवन सहज बनाउने अभिप्रायले २०७२ सालमा दार्चुला जिल्लाको जनस्वास्थ्य अधिकृतको जागरिबाट सन्यास लिदै प्रष्ट राजनीतिमा हुमिए । जनस्वास्थ्य अधिकृत हुन पनि उनि राष्ट्रिय जनस्वास्थ्यकर्मि संघको केन्द्रय उपाध्यक्ष भैसकेका व्यक्ति हुन् । 

यतिमात्रै होईन विद्यार्थी राजनीतिमा सक्रिया जोशी विगतमा भएका विद्यार्थी आन्दोलन र विभिन्न नागरिक समाजले गर्ने आन्दोलनको अग्र पंतिमा देखिन्थे । कम्युनिष्ट विचारधारा बोकेका जोशी पार्टीभित्रको दुषित राजनीतिका बारेमा पनि चर्को रुपमा बोल्ने एउटा शसक्त युवा हुन् । 
 
उनले जिल्ला युवा समिति बैतडीको संस्थापक अध्यक्ष भई जिल्लाका युवाहरुको नेतृत्व विकासमा उल्लेख्य योगदान पु¥याएका छन् । नमुना युवा संसद संचालन गरि साँस्कारिक राजनीतिमा युवाहरुलाई प्रेरित गर्नेदेखि समाजमा भएका कुरीति कुसंस्कार र भ्रष्टाचारमा युवाहरुलाई शसक्त रुपमा आवाज उठाउने सम्मको बनाउने उनको प्रयास केहि हदसम्म नमुना युवा संसदले पुरा ग¥यो ।

 यद्दपी उनले अझै यसलाई पुर्ण ठानेका छैनन् । अझै युवाहरुको क्षमता विकास र स्वच्छ राजनीतिमा प्रतिनिधित्व गरि अर्थपुर्ण सहभागिता पाउनुपर्ने उनको मत छ । युवा संघको केन्द्रीय सदस्य, केन्द्रीय सचिव भैसकेका जोशीले अहिले युवा संघ सुदूरपश्चिमको बागडोर समेत समालेका छन् । 
 बैतडीको डिलाशैनी गाउँपालिकामा जन्मिएर प्रारम्भिक चरणको शिक्षा गाउँमै हाँसिल गरेका जोशीले विद्यालय र कलेज देखि उच्च शिक्षा भने काठमाण्डौँमै पुरा गरे ।  पढाई सकेर समाज सेवा गर्नुपर्छ भन्ने मान्यताका साथ गाउँ फर्किएका जोशीले ग्रामिण क्षेत्रमै बसेर मुलधारको नेतृत्वलाई खबरदारी गर्न थालेको करिब ७ वर्ष पुगेको छ । 
 

गएको स्थानीय तह निर्वाचनमा आफु संम्बद्ध पार्टीलाई विजयी गराएका जोशीले आसन्न निर्वाचनमा गाउँपालिकाको नेतृत्व समाल्न खोजेका छन् । आफै नेतृत्व गरि समाजसेवा गर्नु र  अरुको नेतृत्वमा समाज सेवा गर्नु भिन्न भएको उनि ठान्दछन् । बालबालिका, युवा, वयस्क र जेष्ट नागरिकमाँझ लोकप्रिय मानिन्छन् । कम्युनिष्ट बिचारधारा बोकि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेपनि अरु पार्टीका व्यक्तिहरुमा पनि उनको कोकप्रियता सम्मान गर्न लायकनै मानिन्छ । 
 
डिलाशैनी गाउँपालिकाको केन्द्र विवादका बेला पार्टी नेतृत्वसंक आन्तरिक  संघर्ष गरि जनतामाँझ अझै लोकप्रिय बनेका जोशीलाई स्थानीय युवा तथा केन्द्रीय राजनीतिमा पनि दखल राख्ने युवा नेताहरु गोबिन्द गीरी, जयराज जोशी, यग्यराज भट्ट (यदु), प्रजापति जोशी, जनक धामी, र कर्ण धामी  लगायतले साथ दिएका थिए । यि नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओबादी केन्द्र, राप्रपा विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने युवा हुन् । 
 
डिलाशैनी न्यायिक आन्दोलनका बेला पार्टीभित्र आन्तरिक संघर्ष गरेका कारण स्थानीय तह निर्वाचनमा उनलाई टिकट नदिने षडयन्त्र हुनेपो होकी भन्ने डर डिलाशैनीका आम जनमानसमा छ, तर सन्तोश जोशी भने पार्टीबाटै टिकट पाउनेमा ढुक्क छन् । ‘आम जनताको आकांक्षा वर्खिलाप हाम्रा पार्टी जान्न भन्नेमा म ढुक्क छु ।’ उनले भने । जोशीले गाउँपालिकाबाट उपेक्षित डिलाशैनी गाउँपालिकाको केन्द्र सम्म संघीय सरकार संग समुन्वय गरी सडक पु¥याउने, डिलाशैनी गाउँपालिकाका ग्रामिण क्षेत्रहरुलाई सडक संञ्जालले जाड्ने र नागरिकका आधारभुत मुद्दाहरुमा वकालत गर्ने लगायतका काम सक्रियताका साथ गरेका थिए । त्यसैले पनि उनि आम नागरिकका सामु लोकप्रिय बनेका छन् ।

पार्टी कार्यकर्ता मात्रै नभई अन्य पार्टीका व्यक्तिहरुले पनि सन्तोश जोशीको तेतृत्व स्वीकार्ने आकलन गरिएको छ । ‘सन्तोश जि जस्तो मान्छेले नेतृत्व पाउनु भनेको हामी सबै युवाहरुले नेतृत्व पाउनु हो, युवाहरुका हक अधिकार सुनिश्चित हुनु हो, भ्रष्टाचार रहित विकास हुनु हो भन्ने हामीले बुझेका छौँ ।’ काग्रेस निकट युवा भुवन भट्टले भने । 
 
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसंगै टिकट कस्ले पाउने भन्ने वहस सुरु हुन थालेका छन् । जसका लागि केन्दीय तहको नेतृत्व संग लविङ समेत सुरु हुन थालेको छ । तर दुषित बन्दै गएको राजनीतिलाई स्वच्छ बनाई सबै वर्गको अर्थपुर्ण सहभागिताका लागि युवा नेतृत्व आउन जरुरी छ । दिब्यास्त्र अनलाइन बाट साभार
 

प्रतिक्रिया