२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलमा सुरु हुँदै

SansherOnline SansherOnline
मङ्गलबार ०८, चैत २०७८ ०९:११
‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलमा सुरु हुँदै

बैतडी। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास रहिआएको छ ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नेछन् ।

धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण हुनेछ ।

लघुवित्तका सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।

सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको पाइन्छ । मुलुकमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० बाट पुनः आरम्भ गरिएको थियो ।
 

प्रतिक्रिया