२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा १५ ओटा दल दर्ता

SansherOnline SansherOnline
मङ्गलबार ०८, चैत २०७८ ०८:१३
बैतडीमा १५ ओटा दल दर्ता

बैतडी ।आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ ओटा दल दर्ता भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ६ गते सम्म दल दर्ता गर्ने समय राखिएको र सो भित्र जिल्लामा १५ ओटा दल दर्ता भएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल दर्ता भएका थिए भने वैशाख ३० गते हुने चुनावका लागि १५ ओटा दल दर्ता भएका छन् । 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (विपी)नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टी पनि दर्ता भएका निर्वाचन अधिकारी फुयालले जानकारी दिए ।

प्रतिक्रिया