२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

तटबन्ध विवादपछि नेपाल र भारतबीच समन्वयात्मक बैठक,स्थलगत अध्ययन गरी संयुक्त प्रतिवेदन बनाउने सहमति

SansherOnline SansherOnline
सोमबार ०७, चैत २०७८ ०९:०३
तटबन्ध विवादपछि नेपाल र भारतबीच समन्वयात्मक बैठक,स्थलगत अध्ययन गरी संयुक्त प्रतिवेदन बनाउने सहमति

बैतडी । भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको विषयमा समन्वयात्मक बैठक बसेको छ । तटबन्ध निर्माणका क्रममा विवाद सृजना भएपछि नेपाल र भारतीय पक्षबीच पहिलो पटक बैठक बसेको हो । तटबन्ध निर्माणका क्रममा उत्पन्न विवाद साम्य पार्नुका साथै दुवैतिर क्षति नहुने गरि संरचना निर्माण गर्ने विषयमा छलफल भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । आइतवार दार्चुला सदरमुकाम खलंगामा नेपालकोतर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र भारतको पिथौरागढ जिल्लाका एसडीएम अनिल कुमार शुक्लाको संयोजकत्वमा प्राविधिकसहितको टोलीले २ घण्टा छलफल गरेको हो । छलफलमा भारतीय प्राविधिक टोलीले तटबन्धको डिजाइन स्टमेट लगायत कुराको जानकारी नेपाली पक्षलाई गरेका थिए । महाकाली नदीमा खसेको खोतिला पहिरो क्षेत्रमा क्षति नहुने गरी नदीको भाग चौडा बनाउने भारतीय पक्षले जनाएको छ । यसैबीच बैठकमा दुवैतिर प्राविधिकसहितको टोली गठन गरेर महिनाको २ पटक संयुक्त स्थलगत अध्ययन, अनुगमन गरी प्रतिवेदन बनाउने सहमति भएको छ । 
भारतको सिचाइ विभागले खलंगा पारी महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तटबन्धको दुई प्याकेजमा काम भइरहेको जनाइएको छ । यसअघि भारतीय पक्षले नेपालसँग समन्वय नगरी एकतर्फि तटबन्ध निर्माण  गरिरहेको थियो । एकतर्फि रुपमा नदीको बहाव नेपालतिर फर्कारहेको भन्दै स्थानीयहरु आन्दोलित बन्ने गरेका छन् ।
 

प्रतिक्रिया