२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

भुमि समस्या समाधाम आयोग बैतडी अध्यक्षमा धन बहादुर ऐर (कपील)

SansherOnline SansherOnline
आइतबार ०६, चैत २०७८ ०६:४५
भुमि समस्या समाधाम आयोग बैतडी अध्यक्षमा धन बहादुर ऐर (कपील)

बैतडी । नेपाल सरकारको भुमि समस्या समाधाम आयोग बैतडी अध्यक्षमा धन बहादुर ऐर (कपील) चयन भएकाछन् । सुक्रबार बसेको मन्त्रीपरिषद बैठकले ऐरलाई आयोगको बैतडी जिल्ला अध्यक्षमा चयन गरेको हो । उक्त आयोगमा २ जना सदस्य रहने व्यवस्था छ ।
 
आयोगले भुमि नभएका तथा सुकुम्बासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्नेछ ।  मन्त्रीपरिषदले दिएको जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरि भुमि नभएका तथा सुकुम्बासीहरुको समस्या समाधानमा आफु केन्द्रीत रहने अध्यक्ष ऐरको भनाई छ । उहाँले भन्नुभयो ‘नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मलाई विश्वास गरेर मुमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा चयन गरेको छ, मैले उक्त जिम्मेवारी कुसलतापुर्वक उपलब्धिमुलक तरिकाले निर्वाह गर्छु ।’
 
यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भुमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए । 
 
सरकार परिवर्तन संगै अधिकांश राजनितिक नियुक्तिहरु फेरबदल गर्ने सिल्सिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो । अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् ।

प्रतिक्रिया