२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

एमालेबाट निर्बाचित वडा सदस्य महरा नेकपा एस मा प्रवेश

SansherOnline SansherOnline
शनिबार ०५, चैत २०७८ ०७:१८
एमालेबाट निर्बाचित वडा सदस्य महरा नेकपा एस मा प्रवेश

आसिष माल बैतडी । नेकपा (एकीकृत समाजवादी ) पार्टीको सुर्नया गाउँपालिका प्रशिक्षण कार्यक्रम सम्मपन्न भएको छ । नेकपा (एकीकृत समाजबादी) पार्टीका पोलिट ब्युरो सदस्य प्रमानन्द भट्टको प्रमुख आथित्यतामा  बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ र ७ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले बाट निर्बाचित वडा नम्बर ४ का वडा सदस्य एबम वडा इन्चार्ज हरि सिह महराको नेतृत्वमा २५ जना नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजबादी) पार्टीमा  प्रवेश गरेका छन एस्तै नेपाली काग्रेस का सुर्नया गाउँपालिका वडा नम्बर ७ का वडा समिति  सदस्य रैबान साउदको नेतृत्वमा  ११ जनाले नेपाली काग्रेस पाटी परित्याग गरि समाज बादि पाटिमा प्रवेश गरेको नेकपा (एकीकृत समाजबादी) पार्टीका सुर्नयागाउकमिटी अध्यक्ष दिनेश प्रसाद भट्टले जानकारी दिनु भएको छ । कार्यक्रमका विशिष्ट अथिती (एकीकृत समाजबादी)पार्टीका दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र बिस्ट बैतडी जिल्ला पाटी अध्यक्ष महादेव भट्ट एबम समाजबादी पार्टीकानेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया