२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

भारतले गर्या महाकाली नदिमा ज्याजती,आफ्नो भूमिबाट ढुगां प्रहार गर्दा पनी रोकिएन काम

SansherOnline SansherOnline
शनिबार ०५, चैत २०७८ ०३:४३
भारतले गर्या  महाकाली नदिमा ज्याजती,आफ्नो भूमिबाट ढुगां प्रहार गर्दा पनी रोकिएन काम


बैतडी। भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्नेगरी धमाधम तटबन्ध निर्माणको काम गरिरहेको छ । नेपालतर्फ बाढी बस्ने गरी निर्माण भइरहेको तटबन्ध रोक्न यहाँका स्थानीयले माग गरेका छन् । भारतीय पक्षले सीमामा बलमिच्याइ गर्न थालेपछि शनिवार दार्चुलाबासी स्थानीयले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरुको टोली दार्चुलामा छ । तर उनीहरुले भारतीय पक्षले गरेको ज्यादती नदेखे झै गरेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको भएपनि सरकारको तर्फबाट हुनै पहल नभएको उहाँले बताउनुभयो । तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरु आन्दोलनमा उत्रिएको स्थानीयहरुले बताएका छन् ।
 

प्रतिक्रिया