२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दार्चुलामा अवैध लागुऔषधसहित वडा सदस्य पक्राउ

SansherOnline SansherOnline
शुक्रबार ०४, चैत २०७८ ०१:३६
दार्चुलामा अवैध लागुऔषधसहित वडा सदस्य पक्राउ

बैतडी ।दार्चुलामा अवैध लागुऔषधसहित वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन विष्टलाई महाकाली नगरपालिका ४ स्थित तितरसैनको आफ्नै किराना पसलबाट शुक्रवार बिहान करिव ५ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो । पसलमा छापा हान्दा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पसलबाट ५ डिब्बामा राखिएका साना पुडिया बरामद गरिएको हो । डिब्बासहित बरामद गरिएको चरेशको परिमाण १ किलो २ सय५० ग्राम रहेको छ ।

प्रतिक्रिया