२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
जिल्ला अस्पताल बैतडी

जिल्ला अस्पताल बैतडीको अध्यक्षमा पार्वती भट्ट

SansherOnline SansherOnline
शुक्रबार ०४, चैत २०७८ ०८:१७
जिल्ला अस्पताल बैतडीको अध्यक्षमा पार्वती भट्ट

आसिष माल बैतडी – सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिला अस्पताल बैतडीको नयाँ व्यवस्थापन समितिमा पार्वती भट्ट,नियुक्त गरिएको छ ।

बिहीबार बसेको प्रदेशको १२८ औँ मन्त्रीपरिषद् बैठकले भट्ट,लाई जिल्ला अस्पतालबैतडीको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकार मातहत रहेका पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सनशेर अनलाईन लाई जानकारी दिइन् ।

बैठकले सुदूरपश्चिम प्रदेश अनुगमन तथा मूल्याङ्कन निर्देशिका २०७८, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी नियमावली २०७८ र प्रदेश वन नियमावली २०७८ स्वीकृत गरेको छ ।

प्रतिक्रिया