२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडी समाज कैलालीको रक्तदान कार्यक्रम सम्पन्न, ७२ पिन्ट रगत संकलन

SansherOnline SansherOnline
शनिबार १४, फागुन २०७८ ०५:३४
बैतडी समाज कैलालीको रक्तदान कार्यक्रम सम्पन्न, ७२ पिन्ट रगत संकलन

बैतडी । बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको सातौँ वृहत रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ । शनिबार समाजको धनगढी स्थित सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको हो । 

समाजले आफ्नो नियमित कार्यक्रम अनुसार आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको संयोजक राजबहादुर चन्दले जानकारी दिए । उनका अनुसार आज बिहानदेखि सुरु भएको रक्तदान कार्यक्रममा ७२ जना रक्तदाताहरुले रगत दान गरेका हुन ।

यस्तै कार्यक्रममका संयोजक चन्दले आजको रक्तदान कार्यक्रममा रगतदान गरेर पुण्यको काम गर्ने सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

प्रतिक्रिया