२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

डिलासैनी पालिकाको केन्द्रवडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय

SansherOnline SansherOnline
शुक्रबार १३, फागुन २०७८ ०५:०४
डिलासैनी पालिकाको केन्द्रवडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय

बैतडी जिल्ला डिलासैनी पालिकाको केन्द्र विवाद सल्टिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवस्तर ले निर्णय गर्दै पालिका केन्द्र धामीगाउँबाट नै सञ्चालनका लागि पत्रचार समेत गरेको छ ।तत्कालिन समयमा वडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय भएपनि जननिर्वाचित केही प्रतिनिधि र केही राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थ अनुरुप वडा नम्बर ३ मा सम्पर्क कार्यालय स्थापना गरी कामकाज हुँदै आएको थियो ।पछि सिमित नेता र जनप्रतिनिधिहरुले सम्पर्क कार्यालयलाई नै केन्द्र बनाउन सरकारलाई प्रस्ताव गरेको थियो । सो प्रस्ताव २०७७ मंसिर २१ गतेको मन्त्रिपरिषद्मा पेश भएको थियो । तर पछि २०७८ साल जेठ ३१ गते सरकार परिवर्तन भएपछि उक्त प्रस्ताव फिर्ता भएको थियो ।सरकारबाट केन्द्र हेरफेर सम्बन्धि कुनै निर्णय नै नभएकाले पालिकाको वडा नम्बर ७ साविकको डिलानैनी गाविस रहेको भवनबाट सञ्चालन गर्न गर्न निर्णय भएको मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले बताए ।निर्णयसँगै यसअघि सम्पर्क कार्यालयको नामबाट सञ्चालन भइरहेको कामहरु अब केन्द्र रहेको स्थान डिलासैनी ७ बाट नै सञ्चालन हुनेछन् ।पालिकाको केन्द्र सम्बन्धि लामो विवादका कारण त्यहाँका नागरिक अगुवा विभिन्न दल आन्दोलित बनेका थिए ।

केन्द्र धामीगाउँमा नै हुने निर्णपछि नेपाली कांग्रेस डिलासैनीका सभापति जयराज जोशीले जनताले न्याय पाएको प्रतिक्रिया दिए । पालिका केन्द्र जवरजस्ती कुनै पार्टीको नेताको घर नजिक राख्ने प्रपञ्च विफल भएको र जनताको जित भएको उनको भनाई छ ।यस्तै नेकपा एमालेका नेता सन्तोष जोशीले न्यायिक अभियानले सार्थकता पाएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका नेता लक्ष्मी जोशीले आज डिलासैनीका जनताको जित भएको बताएका छन् । यो निर्णयसँगै जनताको आपसी सांस्कृतिक सम्बन्ध भत्काउनेहरुको हार भएको उनको प्रतिक्रिया छ ।माओवादी केन्द्रका अर्का नेता विरेन्द्र धामीले क्षणिक झुठ धेरै नटिक्ने भन्दै जनताको जित भएको बताएका छन् ।

एमाले नेता गोविन्द गिरीले आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब देखि सम्पर्क कार्यालयको नामबाट संचालन भएको सम्पूर्ण कार्यहरू धामीगाउबाट नै संचालन हुने बताएका छन् ।यस्तै माओवादी केन्द्रका अर्का नेता तीलक मालले न्याय कहिले मर्दैन भन्ने सन्दशे यो निर्णयले गरेको बताए । उनले अहिलेको सरकार र नागरिक आन्दोलनमा सहभागीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया