२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको झुलाघाट नाका ३ दिन बन्द

SansherOnline SansherOnline
शनिबार २९, माघ २०७८ ०६:१६
बैतडीको झुलाघाट नाका ३ दिन बन्द

बैतडी। नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बन्द भएको छ। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि शुक्रवार बिहान ८ बजेदेखि नाका बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि फागुन ३ गतेसम्मका लागी नाका बन्द भएको बैतडीका सायक प्रमुख जिल्ला अधिकारी खगेन्द्ध भारतीले जानकारी दिनुभएको छ । चुनाव जस्तो संबदेनशील बिषयमा दुबै देशका अधिकारी बिचको समझदारीमा नाका बन्द गरिएको भारतीले बताउनुभयको छ । फागुन ३ गतेसम्म झुलाघाट नाका भएर दुबै देशका नागरिकहरुले ३ दिन आवतजावत गर्न पाउने छैनन् ।

प्रतिक्रिया